31 October 2009

'माओवादी सरकार प्राप्तिका लागि आन्दोलनमा गएको होइन'

काठमाडौ, २०६६ कार्तिक १४ - आइतवारबाट सुरु हुने आन्दोलनको उद्देश्यवारे माओवादी नेताहरुको भनाइ फरकफरक पाइएको छ । अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चताका लागि आन्दोलन गरेको बताइरहेकै बेला उपाध्यक्ष मोहन बैद्यले माओवादी नेतृत्वको सरकार बने आन्दोलन रोकिने उल्लेख गरेका छन् ।

शनिबार आयोजित दुई फरक कार्यक्रममा अध्यक्ष दाहाल र उपाध्यक्ष बैद्यका फरकफरक धारण आएको हो । 'माओवादी सरकार प्राप्तिका लागि आन्दोलनमा गएको होइन' शनिबार ललितपुरको खन्ना गारमेन्टमा नेवा राज्य समिति अन्तर्गतका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिंदै भने, 'आन्दोलन शान्तिपूर्ण बनाउन ध्यान दिनुस्, घुसपैठ हुन नदिन सचेत हुनुपर्छ ।'

आइतबारदेखि हुनेे आन्दोलनलाई प्रभावकारी वनाउन कार्यकर्ताहरुलाई जिम्मेवारी दिने प्रशिक्षण आयोजना गरेको थियो । दाहालले 'आन्दोलनलाई उत्सवका रुपमा' सम्पन्न गर्न आह्वान गरे ।

'अहिलेको आन्दोलनले एउटा मोर्चामा विजयी गर्नेछ' उनले भने, 'यस मोर्चाको विजयले अर्को युद्धका लागि ढोका खोल्ने छ ।' अर्को आन्दोलन सरकारको कदममा भरपर्ने उनको भनाइ थियो । उनले 'प्रधानमन्त्रीका लागि राजा कहाँ बिन्तीपत्र चढाउनेहरुले नै आज राष्ट्रपतिलाइ बिन्ती पत्र चढाएपछि' समस्या वढेको जिकीर गरे ।

उपाध्यक्ष बैद्यले भने माओबादी नेतृत्वमा सरकार बने आन्दोजन जरुरी नहुने बताए । उनले त्यसबाटै अहिलेका सबै समस्या हल हुने पनि उल्लेख गरे ।

'माओवादी नेतृत्वमा सरकार बने आन्दोलन जरुरी हुँदैन' उनले नेपाल इन्जिनियरिङ पुर्वाधार विकास समाजको चौथो बाषिर्क उत्सवको अवसरमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा भने ।

दलहरुबीच १२ बुदे समझदारी गर्न भारतले सहयोग गरेको नाममा नेपालका राजनैतिक दलहरुलाई दलाल बनाएर नेपाललाई सिक्किम बनाउने षडयन्त्र भैरहेको बताउदै उनले 'भारतको षड्यन्त्र माओबादीले चिर्ने' बताए ।

No comments:

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More