03 October 2010

गजल (७)

बर्षौ बाट लुकाईएको राज अब खोल्नु पर्छ
कति बस्नु अन्धकारमा अब आउ बोल्नु पर्छ II

हामि पनि मानब हौ, खै त हाम्रो मानबता
आऊ अब यहि बाटै अन्धबिस्वाश पोल्नु पर्छ II

तिमि हासे सारा हास्छ दु;ख तिमि एक्लै
निरंकुस र अट्टाहासि यो तन्त्र ढाल्नु पर्छ II

धरै आए कति गए सबै आफ्नै लागि
गरिबी र भोकमारी अब आफै तोड्नु पर्छ II

बर्षौ बाट लुकाईएको राज अब खोल्नु पर्छ
कति बस्नु अन्धकारमा अब आउ बोल्नु पर्छ II

No comments:

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More