31 October 2009

'अबदेखि तिम्रो नाम जीतबहादुर'

दोहा (कतार) , २०६६ कार्तिक ७ - पहिलो पटक जहाज चढेर विदेश हिड्न लागेका म्याग्दी, लुलाङ्ग- ८, रनु बिक काठमाडौं गांेगबुबाट ट्याक्सी चढेर त्रिभुवन विमानस्थल आउँदै थिए । उनीसंग पासपोर्ट, टीकट र अन्य कागजपत्र थिएन ।

रनुलाई ट्याक्सीमा विमानस्थलतर्फ बागलुङ, बुङ्गादोभानका भूमीराम मगरले ल्याउदै थिए । हो, त्यती बेला भुमीले पासपोर्ट, टीकट र अरु काजगात रनुको हातमा थमाउँदै भने-'अबदेखि तिम्रो नाम जीतबहादुर कामी भयो, जसले सोधे पनि त्यही भन्नु ।'

विमानस्थल नपुग्दै ३० वषर्ीय रनुको बाटैमा न्वारन भयो । त्यतीमात्र होइन रनुको स्थायी ठेगाना र उमेर पनि सबै बदिलियो । 'घर कहाँ भनेर सोधे भने खुङ्खानी- ५, बागलुङ भन्नु' भुमीले बाटोमा रनुलाई प्रशिक्षण दिदै भने-'कसैले पहिला कहाँ गएर आएका थियौ भनेर सोधे भने मलेसिया भन्नु ।'

निरक्षर रनु अवाक हुँदै द्धुविधामा परे-के गर्ने नगर्ने ? 'ढुक्क भएर जाऊ केही समस्या परे हामी छौं' भूमीका शब्दले रनुलाई अलि केही आस्वस्त पार्‍यो र पासपोर्ट, टीकट बोकेर विमानस्थल छिरे ।

'मलेसिया गएर आएको हो?' विमानस्थलका कर्मचारीले न भन्दै त्यही प्रश्न गरे । 'हो, गएर आएको हँु' रनुले जवाफ दिए । त्यसपछि रनु दुवई ट्रान्जिट हँदै दोहा विमानस्थल आए, जहाँ उनलाई अर्जन पुरी लिन आउँछन् भनिएको थियो तर आएनन् । उनी आउने थाहपाएर बसेका आफन्त अम्मर रसाईली र तिलक श्रीपालीले विमानस्थल गएर ल्याए ।

'विदेश त आएँ, तर यहाँ न काम पाइयो, न कंपनी नै भेटियो' कतारस्थित नेपाली दुतावासमा आएको हप्ता दिन नवित्दै स्वदेश फर्किन भनेर पुगेका रनुले भने-'पासपोर्टदेखि सबै नक्कली भएपछि समस्या पर्‍यो ।' नक्कली काजगातको कारण कानुनी समस्या पर्ने भएपछि उनी आफन्त र दुतावासको सहयोगमा स्वदेश जाने निर्णयमा पुगेका हुन् ।

रनुका अनुसार उनले आफ्नो पासपोर्ट बागलुङका कर्ण छन्त्याल मार्फत भुमीलाई दिएका थिए । उनीहरुले रनुको फोटोमात्र प्रयोग गरेर जीतबहादुर कामी -जो पहिल्यै मलेसिया गएर फर्केका थिए)को पासपोर्टमा फोटो परिपर्वन गरेर दिएका रहेछन् ।

No comments:

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More