This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

02 November 2009

पढ़ाई मा कत्रो दिल चस्पी नेपाली हजूर बाबाको ५५ वर्षमा खुला विद्यालय हुँदै क्याम्पस

दमक, २०६६ कार्तिक १६ - ५५ बर्षीय दयाराम धिमालको दैनिकी बदलिएको छ । सधैका वर्षमा यो समयमा उनी बिहानैदेखि या धान काट्न खेतमा हुन्थे वा कसैकोमा झ्यालढोका बनाउँदै । यस वर्षका उनका बिहानी भने कापी- किताब बोकर क्याम्पस जानमा बित्ने गरेका छन् ।

यो बुढ्यौलीमा क्याम्पस पुर्‍याउन उनलाई खुला शिक्षा कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । ३८ वर्षअघि विद्यालय छोडेका धिमाल डेढ वर्षदेखि नियमित विद्यार्थी बनेर तन्नेरी जोवनमा फर्किएका छन् ।

आफूले आठ कक्षा छोडेर वैवाहिक बन्धनमा बाँधिएर जन्मिएका छोरो- छारीले पनि क्याम्पसका प्रारम्भिक कक्षा सकिसके । 'उस बेला पढ्न सकिएन, पछि पढ्न पाइएको थिएन,' हिमालय उच्च मावि, दमकको कक्षा ११ मा भेटिएका धिमालले भने, 'पछि खुला विद्यालय आएपछि पढ्ने धोको पूरा भयो ।'

धिमाल बिहान सवा छ बजेदेखि कक्षामा आउँछन् र करिब १० बजेसम्म पढ्नमै व्यस्त् हुन्छन् । त्यसपछि मात्र उनको सधैको दैनिकी सुरु हुन्छ । यस वर्षको एसएलसीमा सहभागी भएर सफल भएपछि उनको उच्च शिक्षाको बाटो खुलेको हो । नेपाली, समाजसास्त्र र जनसंख्या विषय लिएर पढिरहेका धिमाल आफ्नो पढाइ केवल समाजसेवाका लागि भएको बताउँछन् । 'पढेर जागिर खाउँला भन्ने होइन,' उनी भन्छन्, 'समाजसेवाका लागि पनि शैक्षिक योग्यता जरुरी रहेछ ।'

आठ कक्षा सकेर विद्यालय छाडेपछि उनी तत्कालीन नगर पञ्चायतको नगरसभासद पनि भएका थिए । १२ कक्षा सकियो भने त्यसभन्दा रामै्र स्थानमा पुगेर समाजसेवा गर्न सकिएला भन्ने आशा छ उनमा । आफूसँगै पढेका दौंतरी सरकारी नोकरी तथा अन्य उच्च स्थानमा पुगेर सफलता हासिल गरेको देखेपछि खिन्न भइरहेको बेला एसएलसी पास गर्ने मेसो पाएपछि पढ्न आएको उनले बताए । गत वर्ष खुला कक्षामा आउँदा विद्यालयको पोसाक लगाउनुपर्दैनथ्यो तर औपचारिक कक्षामा आउन थालेपछि त विद्यालयले तोकेको पोसाक लगाउनुपर्छ । दैनिक पोसाकमा टाइ पनि राखिएकाले उनलाई टाइ बाँध्ने समस्या बिहानैपिच्छे आउने गर्छ । टाइ यसै विद्यालयबाट १२ कक्षा सकेकी छोरी नेत्रकुमारीले लगाइदिन्छिन् ।

आठ कक्षामात्र पढे पनि धिमालले आफ्नो भाषा र संस्कृति जोगाउन योगदान दिएका छन् । उनले दुई वर्षअघि धिमाल जातिको लिपि धमलिपि निर्माण गरेको धिमाल युवा मञ्चका केन्द्रीय अध्यक्ष अजित धिमालले जानकारी दिए । सो लिपिलाई नै आधिकारिकता प्रदान गर्न उनले धिमाल जातीय विकास केन्द्रमा पेस गरेका छन् । उनको लिपिमाथि बहस र परिमार्जन भइरहेको केन्द्रले जनाएको छ ।

पढाइ छोडेर घर व्यवहार र मजदूरीतिर बरालिएको धिमालको जिन्दगी कोल्टे फेराउने कामचाहिं शिक्षा मन्त्रालयले सञ्चालन गरेको खुला विद्यालयले गरेको हो । प्रधानाअध्यपक बिदुर खतिवडाका अनुसार शिक्षा कार्यालयाले गत वर्ष पहिलोपटक हिउँ माविमा खुला विद्यालय सञ्चालन गरेको हो ।

31 October 2009

'अबदेखि तिम्रो नाम जीतबहादुर'

दोहा (कतार) , २०६६ कार्तिक ७ - पहिलो पटक जहाज चढेर विदेश हिड्न लागेका म्याग्दी, लुलाङ्ग- ८, रनु बिक काठमाडौं गांेगबुबाट ट्याक्सी चढेर त्रिभुवन विमानस्थल आउँदै थिए । उनीसंग पासपोर्ट, टीकट र अन्य कागजपत्र थिएन ।

रनुलाई ट्याक्सीमा विमानस्थलतर्फ बागलुङ, बुङ्गादोभानका भूमीराम मगरले ल्याउदै थिए । हो, त्यती बेला भुमीले पासपोर्ट, टीकट र अरु काजगात रनुको हातमा थमाउँदै भने-'अबदेखि तिम्रो नाम जीतबहादुर कामी भयो, जसले सोधे पनि त्यही भन्नु ।'

विमानस्थल नपुग्दै ३० वषर्ीय रनुको बाटैमा न्वारन भयो । त्यतीमात्र होइन रनुको स्थायी ठेगाना र उमेर पनि सबै बदिलियो । 'घर कहाँ भनेर सोधे भने खुङ्खानी- ५, बागलुङ भन्नु' भुमीले बाटोमा रनुलाई प्रशिक्षण दिदै भने-'कसैले पहिला कहाँ गएर आएका थियौ भनेर सोधे भने मलेसिया भन्नु ।'

निरक्षर रनु अवाक हुँदै द्धुविधामा परे-के गर्ने नगर्ने ? 'ढुक्क भएर जाऊ केही समस्या परे हामी छौं' भूमीका शब्दले रनुलाई अलि केही आस्वस्त पार्‍यो र पासपोर्ट, टीकट बोकेर विमानस्थल छिरे ।

'मलेसिया गएर आएको हो?' विमानस्थलका कर्मचारीले न भन्दै त्यही प्रश्न गरे । 'हो, गएर आएको हँु' रनुले जवाफ दिए । त्यसपछि रनु दुवई ट्रान्जिट हँदै दोहा विमानस्थल आए, जहाँ उनलाई अर्जन पुरी लिन आउँछन् भनिएको थियो तर आएनन् । उनी आउने थाहपाएर बसेका आफन्त अम्मर रसाईली र तिलक श्रीपालीले विमानस्थल गएर ल्याए ।

'विदेश त आएँ, तर यहाँ न काम पाइयो, न कंपनी नै भेटियो' कतारस्थित नेपाली दुतावासमा आएको हप्ता दिन नवित्दै स्वदेश फर्किन भनेर पुगेका रनुले भने-'पासपोर्टदेखि सबै नक्कली भएपछि समस्या पर्‍यो ।' नक्कली काजगातको कारण कानुनी समस्या पर्ने भएपछि उनी आफन्त र दुतावासको सहयोगमा स्वदेश जाने निर्णयमा पुगेका हुन् ।

रनुका अनुसार उनले आफ्नो पासपोर्ट बागलुङका कर्ण छन्त्याल मार्फत भुमीलाई दिएका थिए । उनीहरुले रनुको फोटोमात्र प्रयोग गरेर जीतबहादुर कामी -जो पहिल्यै मलेसिया गएर फर्केका थिए)को पासपोर्टमा फोटो परिपर्वन गरेर दिएका रहेछन् ।

'माओवादी सरकार प्राप्तिका लागि आन्दोलनमा गएको होइन'

काठमाडौ, २०६६ कार्तिक १४ - आइतवारबाट सुरु हुने आन्दोलनको उद्देश्यवारे माओवादी नेताहरुको भनाइ फरकफरक पाइएको छ । अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चताका लागि आन्दोलन गरेको बताइरहेकै बेला उपाध्यक्ष मोहन बैद्यले माओवादी नेतृत्वको सरकार बने आन्दोलन रोकिने उल्लेख गरेका छन् ।

शनिबार आयोजित दुई फरक कार्यक्रममा अध्यक्ष दाहाल र उपाध्यक्ष बैद्यका फरकफरक धारण आएको हो । 'माओवादी सरकार प्राप्तिका लागि आन्दोलनमा गएको होइन' शनिबार ललितपुरको खन्ना गारमेन्टमा नेवा राज्य समिति अन्तर्गतका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिंदै भने, 'आन्दोलन शान्तिपूर्ण बनाउन ध्यान दिनुस्, घुसपैठ हुन नदिन सचेत हुनुपर्छ ।'

आइतबारदेखि हुनेे आन्दोलनलाई प्रभावकारी वनाउन कार्यकर्ताहरुलाई जिम्मेवारी दिने प्रशिक्षण आयोजना गरेको थियो । दाहालले 'आन्दोलनलाई उत्सवका रुपमा' सम्पन्न गर्न आह्वान गरे ।

'अहिलेको आन्दोलनले एउटा मोर्चामा विजयी गर्नेछ' उनले भने, 'यस मोर्चाको विजयले अर्को युद्धका लागि ढोका खोल्ने छ ।' अर्को आन्दोलन सरकारको कदममा भरपर्ने उनको भनाइ थियो । उनले 'प्रधानमन्त्रीका लागि राजा कहाँ बिन्तीपत्र चढाउनेहरुले नै आज राष्ट्रपतिलाइ बिन्ती पत्र चढाएपछि' समस्या वढेको जिकीर गरे ।

उपाध्यक्ष बैद्यले भने माओबादी नेतृत्वमा सरकार बने आन्दोजन जरुरी नहुने बताए । उनले त्यसबाटै अहिलेका सबै समस्या हल हुने पनि उल्लेख गरे ।

'माओवादी नेतृत्वमा सरकार बने आन्दोलन जरुरी हुँदैन' उनले नेपाल इन्जिनियरिङ पुर्वाधार विकास समाजको चौथो बाषिर्क उत्सवको अवसरमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा भने ।

दलहरुबीच १२ बुदे समझदारी गर्न भारतले सहयोग गरेको नाममा नेपालका राजनैतिक दलहरुलाई दलाल बनाएर नेपाललाई सिक्किम बनाउने षडयन्त्र भैरहेको बताउदै उनले 'भारतको षड्यन्त्र माओबादीले चिर्ने' बताए ।

08 September 2009

"दशैँ आयो खाउलापीउलाका पाउला चोरी लेयाउला धत्त पापी छुट्टै बसौला"


दशैं पनि त आयो रे हैन भन्दै मेरो साथी ले मलाई भन्दै थीयो म वास्ता नगरे को जस्तो गर्दै आफ्नो काम गर्न थाले समय त डाडा काटी सकेछ सधै झैँ आज पनि रूम मा आई आफनो कपडा फुकाली खाना खान मन पनि लागेन म ओछयान तीर लाग्नु भन्दा पहिला एकपल्ट इमेल चेक गर्छु भन्दै म कम्पुटर खोल्दै अगाडी बढ्छु मलाई आज धरै समय सम्म बस्न पनि मन लागेन कम्पुटर मा मा एक छीन पछि कम्पुटर लाई बन्द गरी बिस्तारा तीर मेरो गन्तब्य लाई मोडे सधै झैँ कीन निन्द्रा लग्थो र मलाई दिउसो साथी ले भनेको कुरा याद आयो साची नेपाल छोडेको पनि त आज एक वर्ष भै सके छ हो मलाई निन्द्रा लागेन म तस्तै कुरा मनमा खेलौन थाले होत साची नेपाल को भुमी लाई छोडेको पनि एक १२ महीना भै सकेछ अबत गाऊ घर मा बडा दशैं ले पनि छोपी सकेछ, सबै लाई आफ्नो दशैं कसरी टार्ने भनी चिन्ता होला, हाम्रो गाउको बाटो खनी दै होला साईला दाईलाई हतीयार सान लाउनु मा हतार होला बीहानै उठी ती माइली भाउजु हातमा झुम्रो अनि पोते आरी ली घर आगन चोख्यौदै होलीन,उता माथ्ला घरे हर्के दाई आज बीहानै नखर्मौली सुन्तली को मा गई सोमरस को धुन मा मस्त छन् होला,उता सधै झैँ छोरा यो वर्ष को दशैं त पक्कै आउछ की भन्दै गरको बरन्डा मा बसी ती बुढी आमा आज पनी छोरा को बाटो हार्दै होलीन बीदेस मा भएको छोरा आउछ भनी उता छोरा को कम्पनी मा बीदा मिलेन यसपाली के गर्न परदेश को जीबन यस्तै हुँदो रहेछ,हुलाकी दाई ले सुन्तली को नाम मा एक चिठी लयाउदेई होलान, ती बिचरी को मन मा कस्तो बज्रपात पर्यो होला आफ्नो भन्ने श्रीमान नै न हुदा सासु सासूरा को खटन मा लौ लौ खाऊ खाऊ भन्ने उमेर मा कस्तो हुदो हो ती सुन्तली लाई,अनि गाऊ घर मा त आज कल मोटर बाटो पनि पुगो होला, यस्तै धेरै परीवर्तन भयो होला हाम्रो गाऊ, ए! नेपाल जाने कान्छा दाई तपाई नेपाल पुगे पछी मेरो आमा लाई पनि तपाई को छोरा अर्को दशैं मा चै पक्कै आमाको हातको टीका थाप्न आउछ रे भनी सुनाई दीनु सबै नेपाली आमा हरु लाई यो दशैं राम्रो होस् कास यो दशैं ले सबै नेपाली दाजु भाईहरु लाई हरेअक दशैँ तीहार आफ्नै भुमीमा परीवार संग मनाउने सक्ती दीयोस हर नेपाली ले आफ्नो परीवार तग्यनु न परोस अर्को दशैं हामी परदेस मा हैन नेपाली भुमी मा मनौनेछेऔ यो दशैं राम्रो होस् सबै को दुख कस्ट हटेर जाओस हर नेपाली आमा,बाबा,दाजु,भाई,सबै नेपाली को पोल्टा मा खुसी को बहर थपोस.........................................मेरो तर्फ बाट तथा सबै आम परदेस मा बस्नु हुने नेपाली को तर्फ बाट यसपालीको बिजय दशमी को सुभकामना.....सुभ होस् मंगल होस् ....हरि श्रेष्ठ,,,,

06 September 2009

समान अधिकारको महत्व


साथी हो तपाई लाई थाहा छैन की कसो? भन्दै थीयो मोबाएलमा की रिंग की रिंग को आबाज ले मेरो कानको जालीनै फुट्ला जस्तो गरी रिंग आयो मैले भन्दै बेलान कुबेलान कसको थुतुनो लाई बजाउन मन लागो भन्दै फोन तीर मेरा हातहरु अगाडी बढौछु मोबाएल को नम्बर मा मेरो नयन पुग्छ नम्बर त लोकल पो रहेछ म फोन उठाउछुएक्कासी रोएको आबाज आउछ म झस्कन्छु! रोएको स्वर तस्माथी पनि केटी को रूहावट आबाज सुन्दा मलाई यस्तो भान हुन्थयो की उनी सारै दुख मा छिन् यक छिन् त डर पनि लागो यस्तो केटी को मुहार हर्न न पाउने देश मा अनि केटा को मोबाल मा केटी को फोन अनि आबाज पछि ती साथी ले रुदै भनेंको सुन्दा मलाई पनि चुप बस्न मन लागेन? उनी आज भन्दा ७ महीना अगी कतार को भिषा मा आएकी रहीछीन उनलाई त घरमा पो काम गर्न को लागि लाएको रहेछ उनले भनेको सुन्दा मेरो आखा नै रसाए उनी अगाडी भन्दै थिइन उनलाई त नराम्रो गरेर शारीरीक यातन दीने गर्दा रहेछन् उनी अगडी भन्दै थीइन उनलाई सबै ले योन सोसड गर्छेंन कहीले काही त बेहोस पनि हुन्छींन रे तर पानी छम्कीएर जानथे यति कै मा मेरो डुय़टी जाने समय हुन्छ म उन लाई भन्दै थिए म तपाई लाई भोली पल्ट कल गर्छु है भन्दै मैले फोन राख्नन अनुरोध गरे/ मलाई डुय़टी मा काम गर्न मन लागेन मैले त उन को नाम र थर पनि सोध्न नै बिर्षछ/ मैले मेरो सबै साथी लाई सुनाए अनि सबैअनि आज सबै उसको ठेगाना नाम पनि सोधीम मलाई कताकता उन लाई जानी राखेको जस्तो लग्यो हो अनि उनलाई मैले सोधे अनि मेरो नमबर कहाबाट पाउनु भो भनी सोद्धा उनी को उतर मा अन्दाज मा भगवान लाई समझेर डाइल गरेको उनको भनाइ थियो जे होस् अनि हामी साथी भै मीली भोली पल्ट फोन गरु भन्दै हामी मोबाइल को नम्बर लाई जोरजोर थीचन थालें............................................................................................. बाकि अर्को दिन मा पोस्ट गर्न छू ,,,

कातर को केही समझानाहरु
















31 August 2009

what is the love? some word about love..........

Love is broad; if you love someone, you love all things, not just their beauty. Love is narrow; you love one and only one, compared to them, no one matters........and The beginning of love is to let those we love be perfectly themselves, and not to twist them to fit our own image. Otherwise we love only the reflection of ourselves we find in them. love is great nobody can alive without love................ hari shrestha.

29 May 2009

जीवन दाइ


न बिर्सें तिमीलाई न पाएँ तिमीलाई

न बिर्सें तिमीलाई न पाएँ तिमीलाईविना अर्थ दिलमा सजायँ तिमीलाईयो यात्रा सुनौलो अनि साथ तिम्रोसम्झेर भेट्न बोलाएँ तिमीलाईआयौ समिपै जब तिमी निदरीमायो हलचल, यो धड्कन सुनाएँ तिमीलाईरमाएँ एकैछिन, पछि आँशु झऱ्योअनि आँशु पुछ्दै पठाएँ तिमीलाईभयो आश रित्तो र यो मन निराश भोअनि बेहोसी मै कराएँ तिमीलाईअनायासै मेरो दुख्यो जिन्दगीमापरेली भिजाइ बगाएँ तिमीलाई .... (अंजू पन्त)

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More